साझेदारी गर्नुहोस्

भारतका उद्योगपति रतन टाटाको निधनपछि उनको उत्तराधिकारीका रुपमा नोएल नवल टाटाको नाम घोषणा गरिएको छ ।

मुम्बईमा भएको बैठक पछि, टाटा ट्रस्टहरू सम्मिलित धेरै ट्रस्टका ट्रस्टीहरूले सर्वसम्मतिले नोएल नवल टाटालाई टाटा ट्रस्ट र यस अन्तर्गतका अन्य सबै ट्रस्टहरूको अध्यक्षको रूपमा नियुक्त गर्ने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

६७ बर्षिय नोएल टाटा रतन टाटाका सौतेलो भाई हुन् । अब उनी टाटा ट्रस्टको अध्यक्ष बनेका छन् । यो निर्णय तत्काल लागू भएको बताइएको छ ।

नोएल टाटाले आफ्नो नियुक्ति पछि टाटा र टाटा समूहका संस्थापकहरूको विरासतलाई अगाडि बढाउन तत्पर रहेको बताउदै एक शताब्दी भन्दा बढी अघि स्थापित, टाटा ट्रस्ट सामाजिक कल्याण को लागी एक अद्वितीय वाहन भएको बताए । उनले टाटा ट्रस्टहरू एक समूह हो जसले अप्रत्यक्ष रूपमा १६५ बिलियन डलरको नुन-देखि-सफ्टवेयर समूहलाई नियन्त्रण गर्दछ ।

रतन टाटाका सौतेनी भाइ नोएल टाटाले टाटा समूहका धेरै कम्पनीहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी हाल ट्रेन्ट, टाटा इन्टरनेशनल लिमिटेड र भोल्टास लिमिटेडलगायत धेरै कम्पनीका अध्यक्ष छन् । नोएल टाटा टाटा स्टिल लिमिटेड र टाइटन कम्पनीको उपाध्यक्षको रूपमा सेवा गर्दै, सन् २००० देखि टाटा समूहको कम्पनीहरूसँग सम्बन्धित छन् ।

समूहमा आबद्ध भएदेखि उनले समूहको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । टाटा सन्समा ६५.३ प्रतिशत शेयर राख्ने टाटा ट्रस्टहरू दुई प्राथमिक ट्रस्टहरू, सर दोराबजी टाटा ट्रस्ट र टाटा ट्रस्टबाट बनेका छन् । यी संस्थाहरूको मिलेर टाटा सन्सको ५० प्रतिशतभन्दा बढी स्वामित्व छ ।

आफ्नो कार्यकालमा उनले कम्पनीको कारोबार ५०० मिलियन डलरबाट ३ बिलियन डलर भन्दा बढि बढाए । उनले यसअघि ट्रेन्ट लिमिटेडको पनि व्यवस्थापन गरेका थिए, जसलाई आज एउटा स्टोरबाट बढाएर ७०० भन्दा बढी स्टोरमा पुर्याइएको छ । युनिभर्सिटी अफ ससेक्स, बेलायतबाट स्नातक गरेका नोएल एच टाटा र साइमन एन टाटाका छोरा हुन् ।