साझेदारी गर्नुहोस्

श्रीलंकामा जारी काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३–१ सेटमा पराजित भएको हो ।

यस फाइनलमा नेपालले पहिलो सेट जितेको भएपनि त्यसपछि उज्बेकिस्तानले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेर उपाधि जितेको हो ।

नेपालले पहिलो सेट २७–२५ ले जितेको थियो भने त्यसपछि उज्बेकिस्तानले दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेट २५–२० ले जितेको थियो