साझेदारी गर्नुहोस्

आईसीसी महिला टी-२० विश्वकपको महत्त्वपूर्ण खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले हराएको छ। आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा १५१ रन बनाएको थियो। जवाफमा भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो।

यो रोमाञ्चक खेलमा भारतीय कप्तान हरमनप्रित कौरले ५४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकिनन्। शफाली बर्माले २० र दीप्ती शर्माले २९ रनको योगदान दिए।

यसअघि अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। अस्ट्रेलियाका लागि ग्रेस ह्यारिसले सर्वाधिक ४० रन बनाइन्। तालिया म्याकग्रा र एलिस पेरीले ३२–३२ रनको योगदान दिए।

भारतका लागि रेणुका सिंह र दीप्ती शर्माले २–२ विकेट लिए। अब आज सोमबार न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल हुँदै छ। न्युजिल्यान्डले जित्यो भने ऊ सेमिफाइनल पुग्ने छ।

पाकिस्तानले न्युजिल्यान्डलाई हरायो भने राम्रो नेट रन रेटका आधारमा भारत सेमिफाइनल पुग्ने सम्भावना बढ्नेछ।