साझेदारी गर्नुहोस्

कांग्रेस सभापति शेरबहादुर देउवाले विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा देउवाले कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र भएको र बन्धुत्व भावले यी विविधता बीचमा पनि अनुपम एकता कायम गरेको देउवाले बताए ।

विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो भन्दै उनले हरेक बडा दशैंले समुदाय, संस्था, परिवार र ब्यक्ति—ब्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको सभापति देउवाको सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘‘दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ । सदा झैं यसपटकको बडा दशैंले समुदाय, संस्थाहरू, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउंन हामीलाई प्रेरित गर्न सकोस् ।’’