साझेदारी गर्नुहोस्

त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग नेपाल चार विकेटले पराजित भएको छ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार्‍यो।

क्यानडासामू मध्यम लक्ष्य प्रस्तुत गरेको नेपाल डेथ ओभरमा सम्हालिन नसक्दा क्यानडा विजयी भएको हो।

नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले दुई-दुई र सोमपाल कामीले एक विकेट लिए। शृङ्खलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बुधबार ओमानविरुद्ध खेल्नेछ।