साझेदारी गर्नुहोस्

धादिङको गजुरी गाउँपालिका–२, मलेखुस्थित पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सुक्खा पहिरो खसेपछि दुईतर्फी अवरुद्ध भएको सडक गएरातिबाट नै एकतर्फी सञ्चालनमा आएको हो ।

पहिरो पन्छ्याएर सडक एकतर्फी सञ्चालनका ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सवारी चालकलाई सवारी साधन ओभरटेक नगरी चलाउन प्रहरीले अनुरोध गरेको छ ।