साझेदारी गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बाढी, पहिरो, डुबानजस्ता राष्ट्रिय विपत्तिको क्षति न्यून गर्न सरकार चुकेको टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्राकृतिक विपत्तिका सन्दर्भमा देशका प्रधानमन्त्री र मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको समेत उल्लेख गरेका छन् ।

उनले मौसमविद्को ‘रेड अलर्ट’बाट विपतलाई पुरै रोक्न नसके पनि क्षति न्यून गर्न अवश्य सकिन्थ्यो भन्दै यसमा सरकार चुकेको बताए ।