साझेदारी गर्नुहोस्

काठमाडौँ: प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ ।

जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको छ ।

दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन यस्ता भेटले योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।