साझेदारी गर्नुहोस्

बाग्मती प्रदेशकी सांसद धनेश्वरी प्रजापतिले नेपालको समग्र आर्थिक क्षेत्रको विकासमा सहकारीको महत्व रहेको बताएकी छिन् ।

उनले समुदायमा आधारित सहकारीको विशेष भूमिका हुने बताइन् ।

असोज १२ गते शनिबारका दिन भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका ६ मा रहेको शुभ दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा बोल्दै सांसद प्रजापतिले यस्तो धारणा राखेकी हुन्

साधारणसभामा प्रमुख अतिथिका रुपमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रभावशाली नेतृ समेत रहेकी प्रदेश सांसद प्रजापतिले सहकारी क्षेत्रमा रहेको विकृतिहरुलाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

उनले सहकारी ऐन नियममा अघि बढदै आएका सहकारी संस्थाहरुलाई सरकारले प्रोत्साहान गर्नुपर्ने बताइन् ।

साधारणसभामा बोल्दै मध्यपुर थिमी नगरपालिका वडा नंं. ६ का वडाध्यक्ष लगायत सहभागी अतिथि वक्ताहरुले सहकारी संस्थाहरु शेयरधनी सदस्यहरुको सुझाव र मार्गनिर्देशनमा अघि बढ्नुपर्नेमा जोड दिए ।

भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ मा रहेको यो सहकारी संस्थाले सदस्य सेवामा जोड दिई संस्थाका क्रियाकलापहरु अघि बढाएको जनाएको छ । सहकारी मूल्य, मान्यता पालनामा निरन्तर प्रतिबद्ध रहेको समेत दाबी गरिएको छ ।

१७ औं बार्षिक साधारणसभामा सहकारीले बाल बचतकर्ताहरुलाई शुभ दिव्यश्वरी बाल बचत उपहार प्रदान गरेको छ भने संस्थाका जेष्ठ शेयरधनी सदस्य सम्मानित भए ।