साझेदारी गर्नुहोस्

ललितपुर: स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको सामाजिक संस्था महावीर हेल्थ फाउण्डेसन (एम.एच.एफ.) ले आइतबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

विश्व मुटु दिवसका दिन पारेर मुटुलाई कसरी स्वस्थ्य राख्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको महावीर हेल्थ फाउण्डेसनका अध्यक्ष दीपक भट्टाचार्यले बताए ।

प्रत्येक वर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा विश्वभर मनाउने गरिन्छ ।

‘आजको आवश्यकता – स्वस्थ्य मुटुको’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी चिकित्सक तथा स्वास्थ्य विज्ञहरुले जीवनशैली र खानपानका ध्यान दिन सकेमा मुटुसम्बन्धी विभिन्न रोगहरुबाट बच्न सकिनेमा जोड दिए ।