साझेदारी गर्नुहोस्

जनता समाजवादी पार्टी (जसपा) नेपालले नौ सदस्यीय सचिवालय निर्माण गरेको छ।

अध्यक्ष उपेन्द्र यादव नेतृत्वको सचिवालयमा यादवसहित सहअध्यक्ष रकम चेमजोङ, उपाध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, उपाध्यक्ष शिवलाल थापा मगर, उपाध्यक्ष विद्युत बज्राचार्य, महासचिव लालबाबु राउत, महासचिव रामकुमार शर्मा र सचिव लिलादेवी सिटौला रहेको जसपा नेपालले जनाएको छ।