साझेदारी गर्नुहोस्

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एकसाथ १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेका छन्।

काठमाडौँका ८ र भक्तपुरका एक प्रहरी वृत्तका प्रमुख पनि फेरिएका भएका छन्।

यो निर्णयसँगै डीएसपी इन्चार्ज हुने केही जिल्ला र इलाका प्रहरी कार्यालयका प्रमुखहरू हेरफेर भए ।

काठमाडौँका दरबारमार्ग वृत्तमा राजकुमार श्रेष्ठ, नयाँ बानेश्वरमा वीरेन्द्र गोदार, बालाजुमा दानबहादुर थापा, बौद्धमा जयश्वर रिमाल र स्वयम्भूमा उद्धवसिंह भाटलाई सरुवा गरिएको छ।

यस्तै, मालीगाउँ वृत्तमा सुनीलजंग शाह, गौशालामा सुकदेव खनाल, महाराजगन्जमा यसअघि नै काजमा खटिएका रवीन्द्रनाथ पौडेल र भक्तपुरको जगातीमा रमेशबहादुर पाल सरुवा भएका छन्।