साझेदारी गर्नुहोस्

नेपालमा हस्पिटालिटी एजुकेशनको ट्रेन बढ्दै गएको छ ।

यही सन्दर्भमा, होटल म्यानेजमेन्ट तथा टुरिजम अध्ययनका लागि आफ्नो अलग ब्रान्ड बनाउन सफल आईएसटी कलेजले नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको दाबी गरेको छ ।

सन् २००४ मा स्थापना भएको इन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट, आईएसटी कलेजका रुपमा परिचित छ । यो आइ.एस.ओ. प्रमाणपत्र प्राप्त गर्न सफल कलेज हो ।

यो इन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट अर्थात् आईएसटी कलेज काठमाडौंको ज्ञानेश्वरमा रहेको छ ।

 

कलेजमा अध्ययनरत विद्यार्थीहरुलार्ई प्रयोगात्मक ल्याब सहितको अन्तर्राष्टिय स्तरको शैक्षिक सुविधा प्रदान गरिएको आईएसटी कलेजका निर्देशक तेज बहादुर ढकालले जानकारी दिए ।

आईएसटीले जेहेन्दार र निम्न आय भएका विद्यार्थीहरुलाई विभिन्न स्कलरसीप समेत प्रदान गर्दे आएको निर्देशक ढकालले बताए ।

हस्पिटालिटी अध्ययन गर्नका लागि विदेशीने विद्यार्थीहरुलाई नेपालमै अन्तर्राष्ट्रिय स्तरको होटल म्यानेजमेन्टको अध्ययन अध्यापन गर्न सकिन्छ भन्ने कुरा स्थापित गर्न कलेज सफल भएको आईएसटी कलेजका सिईओ नरेन्द्र बज्राचार्यले दाबी गरे । यही लक्ष्यका साथ कलेजले आफ्ना शैक्षिक क्रियाकलापहरु अघि बढाएको बज्राचार्यले जानकारी दिए ।

कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण हस्पिटालिटी एजुकेशनमा आफ्नो छुट्टै ब्रान्ड बनाएको आईएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातले उल्लेख गरिन् । उनले अन्तर्राष्ट्रिय स्तरमा समयसापेक्ष पाठ्यक्रमका साथ प्रयोगात्मक शिक्षण सिकाई प्रदान गरेकै कारण आईएसटी कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले हस्पिटालिटी क्षेत्रमा सफलता हासिल गरेको बताइन् ।

कलेजले प्लस टू लगायतका विभिन्न परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार तथा आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिएको छ । कलेजले अतिरिक्त क्रियाकलापहरुमा समेत विद्यार्थीहरुलाई सक्रियतापूर्वक सहभागी गराउँदै आएको छ ।

होटल म्यानेजमेन्ट अध्ययनका लागि विद्यार्थीहरुको पहिलो रोजाइमा पर्दे आएको कलेजले दाबी गरेको छ । टुरिजम तथा होटल म्यानेजमेन्ट अध्ययन गर्नका लागि आवश्यक सम्पूर्ण शैक्षिक पक्रियाका बारेमा कलेजको वेभसाइट, फेसबुक पेज, इमेल, फोन नम्बर लगायतका विभिन्न माध्यमबाट थप जानकारी हासिल गर्न सकिने आईएसटी कलेज, ज्ञानेश्वर, काठमाडौंले बताएको छ ।