साझेदारी गर्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीलाई पनि मासिक पारिश्रमिक दिने निर्णय गरेको छ ।

बिहीबार बसेको क्यान कार्यसमिति बैठकले प्रत्येक प्रदेशका दुई महिला र तीन पुरुष गरी पाँच खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो ।

सबै प्रदेशका गरी ३५ खेलाडीहरूको पारिश्रमिक बापतको रकम प्रदेशहरूमा पठाइने छ । खेलाडीहरूसँग प्रदेश क्रिकेट संघले नै सम्झौता गर्ने छ ।

क्यानका अनुसार, उनीहरूले भदौ १६ गतेदेखि लागु हुने गरी तलब पाउने छन् ।