साझेदारी गर्नुहोस्

सरकारले एक नारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

वर्तमान मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो ।

अर्यालले आगामी २०८२ मंसिर २४ गते अनिवार्य अवकाश पाउनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्त भएपछि अर्यालले गृह सचिवको जिम्मेवारी पाएका थिए ।

गृह सचिव हुनुअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्दै आएका थिए ।