साझेदारी गर्नुहोस्

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ८ टोलीको सहभागिता रहने भएको छ ।

बिहीबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीको सहभागी गराउने निर्णय गरेको छ ।

फ्रेन्चाइज टिमका लागि १६ वटा आवेदन परेको छ । क्यानको आफ्नै आयोजनामा हुन लागेको एनपीएल १५ मंसिरदेखि ६ पुसम्म हुने छ ।