साझेदारी गर्नुहोस्

भादगाउँ, २०८१ भाद्र ३ – रोटर्याक्ट क्लब भादगाउँले आज विशेष राखीको अवसरमा रेस्टा फाउण्डेसनको अनाथालयका बालबालिकासँग रमाइलो उत्सव मनायो।यस अवसरमा क्लबका सदस्यहरूले अनाथालयका बच्चाहरूलाई राखी बाँधेर, मिठाइ वितरण गरेर र विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेर खुशीका पलहरू साझा गरे। कार्यक्रमको प्रमुख उद्देश्य सामाजिक एकता र सहयोगको भावना फैलाउनु रहेको थियो।

रोटर्याक्ट क्लबको यस विशेष पहलले त्याको बच्चाहरूलाई न्यानोपन र साथको अनुभूति दिलायो। हामीलाई आशा छ कि भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर भइरहुन्।”

कार्यक्रममा रोटर्याक्ट क्लबका अध्यक्ष बिनायक दाहाल, निबर्तमान अध्यक्ष आर्यन कटेल लगायतका सदस्यहरूको उपस्थिति उल्लेखनीय रह्यो। रोटर्याक्ट क्लब भादगाउँले यस किसिमका समाजसेवा र सहकार्यका कार्यक्रमहरू निरन्तर गर्दै आएको छ।

यस कार्यक्रममा रोटर्याक्ट क्लबका सदस्यहरूले बालबालिकासँग मित्रवत् समय बिताएर सामाजिक जिम्मेवारीको महत्त्वलाई उजागर गरे। राखीको यो उत्सवले समाजमा बलियो भाइचारा र सहयोगको सन्देश फैलाउने विश्वास राखिएको छ भनेर दाहालले जनाए ।