साझेदारी गर्नुहोस्

दूरसञ्चार कम्पनी एनसेलको सेवा सञ्चालन अनुमतिपत्रको म्याद आगामी भदौ १५ गते सकिँदैछ । सो समयभित्र एनसेलले शुल्क बुझाएर नवीकरण गर्नुपर्ने हुन्छ ।

दूरसञ्चार सम्बन्धी कानुनी व्यवस्थाअनुसार अनुमतिपत्रको म्याद सकिनुभन्दा तीन महिना अगाडि नै तोकिएको शुल्क बुझाएर नवीकरण प्रक्रिया अघि बढाउनुपर्छ । एनसेलले अबको १० दिनभित्र तोकिएको प्रक्रियाअनुसार नवीकरण शुल्क नतिरे लाइसेन्स अर्थात्‌ सेवा सञ्‍चालन अनुमतिपत्र खारेज हुनेछ ।

वि.सं. २०६१ भदौ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आउनेगरी सेवा सञ्चालन अनुमतिपत्र लिएको एनसेलले शुरुमा १० वर्ष र त्यसपछि ५ वर्ष अवधिका दरले नवीकरण गर्दै आएको छ । यसपटक भने २५ वर्षको सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरेको एनसेलले अन्तिम ५ वर्षको लागि सेवा सञ्चालन अनुमतिपत्र नवीकरण गर्नुपर्ने भएको हो ।