साझेदारी गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । अनामनगरस्थित म्युजिक इरा रेकर्डिङ स्टुडियोमा पुगेर उनले आफ्नो अभिनयमा डबिङ गरेका हुन् ।

रमित ढुङ्गाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा उनले प्रधानमन्त्रीकै भूमिकामा छोटो अभिनय गरेका छन् । अघिल्लो प्रधानमन्त्रीत्वकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भको कथामा उनी फिल्ममा देखिएका हुन् ।

यो फिल्म भदौ ७ गते हलमा रिलिज हुने जनाइएको छ । मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाहलगायतको अभिनय छ ।