साझेदारी गर्नुहोस्

नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँ पुगेको थियो । यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।