साझेदारी गर्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बुल ट्रेन्ड कायमनै भएको छ । बुधबार पनि ६४ अंकले नेप्से बढेर बुल ट्रेन्ट कायम रहेको हो । नेप्से बढ्दो क्रममा रहे पनि कारोबार भने करिब २२ अर्बको कारोबार भएको छ । उक्त कारोबारसँगै नेप्सेले समेत नयाँ रेकर्ड बनाएको छ । यस अधि नेप्सेले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँको कारोबार गरेको थियो ।

नेप्से बढ्दा २१ कम्पनीको शेयरले भने पोजेटिभ सर्किट हानेको छ । प्रि-ओपन सेसनमा ११ अंकले बढेको नेप्से बजार खुल्ला हुन साथ बुलमा गयो । नेप्से १ः२४ सम्म बुलमा रहे पनि त्यसपछि भने नेप्से घट्न पुग्यो । बजार बन्द हुनु भन्दा २ मिनेट अगाडी नेप्से थप झिनो अंकले बढेर बजार बन्द हुँदा ६४.२५ विन्दुमा पुग्यो ।

बुधबार नेप्से २.३८ प्रतिशतले बढ्दा २७६०.९० विन्दु कायम भयो । नेप्से बढेसँगै २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच भयो ।