साझेदारी गर्नुहोस्

काठमाडौं: पराष्ट्रमन्त्री आरजू राणा देउवा राहदानी विभाग पुगेर सेवाग्राहीसँग उनीहरुको गुनासो र समस्याबारे चासो राखेकी छिन् ।

उनले बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएकाहरुसँग लामो कुराकानी गरेकी थिइन् ।

परराष्ट्रमन्त्री राणासँग सचिव सेवा लम्साल लगायत मन्त्रालयका अधिकारीहरु समेत सहभागी थिए ।