साझेदारी गर्नुहोस्

कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट फिनिसिङसँगै चेन्नई सुपर किङले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पराजयको शृङ्खलालाई तोडेको छ।

सोमबार भएको खेलमा चेन्नईले लखनउ सुपर जेन्ट्सलाई पाँच विकेटले हरायो। १६७ रनको लक्ष्य पछ्याएको चेन्नाईले तीन बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा १६८ रन जोडेको हो।

चेन्नाईका लागि शिवं दुवेले अविजित रहँदै ३७ बलमान ४३ रन जोडे। यसैगरी धोनीले अविजित रहँदै ११ बलमा २६ रन जोडे। उनी प्लेयर अफ द म्याच बने।

साइक रसिद र रचिन रविन्द्रले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि २९ बलमा ५२ रनको साझेदारी गरे। रसिदले १९ बलमा २७ तथा रचिनले २२ बलमा ३७ रन जोडेका थिए।

लखनउका तीन स्पिनरले खेललाई लगभग आफ्नो पक्षमा पारिसकेको अवस्थामा धोनीले उल्ट्याएका हुन्। दिगवेश राठीले चार ओभरमा २३ रन खर्चेर एक तथा रवि विस्नोइले तीन ओभरमा १८ रन खर्चेर दुई विकेट लिए। पार्ट टाइम बलर आइडन म्याक्रमले चार ओभर नै बलिङ गरेर २५ रन खर्चेर एक विकेट लिए। पावर प्ले सकिँदा प्रति ओभर आठ भन्दा कम रन चाहिएको अवस्थामा बिचको समयमा चन्नई खस्किएको थियो।

१५ औँ ओभरको समाप्तिमा विनय शंकर आउट भए पनि धोनी ब्याटिङ गर्न आउँदा ५ ओभरमा ५६ रन आवश्यक थियो। यस समयमा ऋतुराज गाइक्वाडको अनुपस्थितिमा टोलीको नेतृत्व समेत गरेका धोनीले जित दिलाएका हुन्।