काठमाडौँ क्षेत्र नम्बर ३ मा तारेभिर महोत्सवका लागि राजनैतिक पार्टिहरुले पूर्व तयारी थालेका छन् ।
स्थानीय सँस्कृती र परम्पराको जगेर्ना गर्नुका साथै स्थानीय उत्पादन तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ २०७१ साल देखि मनाउदै आएको तारेभिर महोत्सव यो वर्ष पनी धुमधामका साथ मनाउन लाग्दा राजनैतिक पार्टिहरुले पनि आ-आफ्नो क्षेत्रबाट एसको तयारी थालेका हुन् ।
यो संगै नेकपा एमालेले पनि आफू निकट नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरु संग छलफल गरि तारेभिर महोत्सवको तयारीमा जुटेको छ । गोकर्णेश्वर स्थित एक होटेलमा भएको छलफलमा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य कृष्ण बहादुर राई , संविधानसभा सदस्य एवं बाग्मती प्रदेशका पूर्व भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयालका साथै जिल्ला स्तरीय नेता उद्धव भण्डारी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
पर्यटनको प्रवल सम्भावना बोकेको तारेभिरलाई लक्षित गर्दै त्यहाँको सस्कृती तथा परम्पराको प्रवर्द्धन गर्ने उद्धेश्यले तारेभिर महोत्सवको तयारी थालिएको बताइएको छ । विभिन्न जातजाति र भाषा सस्कृतिको जगेर्ना गर्नुका साथै त्यहाँको अर्गानिक उत्पादनलाई समेत मध्यनजर गर्दै पर्यटनको गन्तव्यको रुपमा तारेभिरलाई चिनाउनकै लागि भएपनी महोत्सव आवश्यक रहेको स्थानीय नेताहरुको भनाइ छ ।
मानिसको सामाजिक विकास र परिवर्तनका लागि नयाँ उर्जा भर्न मेला महोत्सवहरुको आयोजना हुने जसका कारण मानिसहरूमा बदलाप आउनुका साथै मानिसहरूमा आफ्नो कला तथा सस्कृतिको जगेर्ना गर्ने अवसर प्रदान हुने भएकाले महोत्सव गरिनु राम्रो पक्ष भएको नेता कृष्ण राइले बताए । स्थानीय जनता र विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई जोड्न महोत्सवले प्रत्यक्ष भुमिका खेल्ने र स्थानीय कला तथा सस्कृतिका साथै स्थानीय उत्पादनको पनि प्रचारप्रसार हुने भएकाले महोत्सवहरुको आयोजना गरिनु राम्रो काम भएको राइको भनाइ छ ।
तामाङहरुको बाहुल्यता रहेको तारेभिरमा ब्राह्मण, क्षेत्री , नेवार तथा शेर्पाहरुको समेत बसोवास रहेकाले उनीहरुको सस्कृती र परम्पराको जगेर्ना गर्नुका साथै आपसमा भाइचाराको सम्बन्ध कायम गर्न तारेभिर महोत्सवको आयोजना गरिनु राम्रो पक्ष भएको नेता रामेश्वर फुयालले बताए । उनले भने ” तारेभिर आफैमा पर्यटन व्यवसायका लागि उपयुक्त ठाउँ हो । यहाँको छुट्टै विशेषता छ । प्रकृको एक सुन्दर छटा यहि ठाँउबाट नियाल्न सकिन्छ । यसका साथै पर्यटनको विकास गरि हाम्रा कला तथा सस्कृतिको सुन्दरता पनि पर्यटनहरुलाई देखाउन सकिन्छ यसका साथै स्थानीय उत्पादनको मिठो स्वाद पर्यटकहरूलाई चखाउन सक्यौं भने रोजगारीको खोजिमा भौतारिनु पर्दैन । त्यसैले यहि चिजको प्रचारप्रसारको लागि भएपनि हामिले तारेभिर महोत्सव गर्नु राम्रो पक्ष हो ” । मानिसहरू शहरको भिडभाड र कोलाहलबाट थकित भएका बेला आनन्दको श्वास फेर्न एकान्त वातावरण खोज्ने भएकाले त्यसको लागि उपयुक्त ठाउँ तारेभिर रहन सक्ने भन्दै उनले थपे ” मानिसहरु शहरी कोलाहलबाट शान्तिको श्वास फेर्न सक्ने ठाउँ बनाउन सक्नु पर्छ । त्यसकालागी तारेभिरे एकदमै उपयुक्त छ । बाटोघाटो बनाइदिएका छौ । अझै बाकि काम संगसंगै गर्दै जाउला । पर्यटकको आनन्दका लागि रक गार्डेन बनाएकै छौ । हरियाली वातावरणका रमाउन प्रकृतिले वन जङ्गल दिएकै छ । यो त तारेभिर र यो क्षेत्रका जनताको लागि सौभाग्यको कुरा हो । अब यो ठाउँलाई जसरी पनि चिनाउनै पर्छ । जसका लागि तारेभिर महोत्सवले पनि ठूलो भूमिका खेल्ने छ । ” नेता फुयालले भनेका छन् ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण तारेभिर अहिले साच्चिकै पर्यटको रोजाइको क्षेत्र बन्न थालेको छ । पछिल्लो समयमा भएका विकास निर्माणका कामहरुले यो क्षेत्रको स्वरुप नै परिवर्तन गरिदिएका छन् । काठमाडौ कै पिछडिएको क्षेत्रको रुपमा रहेको तारेभिर सम्म भएको सडक विस्तारले यहाँका जनताको जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याएको स्थानिय नवीन बिष्ट बताए । उनले भने ” कुनै बेला संविधानसभा सदस्य रामेश्वर फुयाल ज्युले प्रस्ताव राख्दा अपत्यारिलो थियो ।आज उहाँकै परिकल्पनामा जनता विश्वस्त छन् ।”
समयको गति संगै परिवर्तन खोजिरहेको तारेभिरले अब नयाँ मोड लिने देखिन्छ । पछिल्लो समय तारेभिर चक्रपथ र गोकर्णको बालुवा-बुढादिलकण्ठ सुरुङको परिकल्पनाले तारेभिर पर्यटन क्षेत्रको रुपमा थप चर्चामा छ ।