राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
रविसँग जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले मागेको ६० लाख रुपैयाँ धरौटीका लागि प्रभु बैंक ग्यारेन्टी बसेपछि लामिछाने बुधबार नै साँझ रिहा भएका हुन् । यदि धरौटी बुझाउन नसकेको या बैंक ग्यारेन्टी नभएको भए कम्तीमा एक दिनका लागि रवि जेल जानुपर्ने अवस्था हुन्थ्यो ।
रविले ६० लाख रुपैयाँ तिर्न नसकेको अवस्थामा आफूले तिरिदिने भन्दै प्रभु बैंक ग्यारेन्टी बसिदिएपछि रवि अदालत परिसरबाट खुसी हुँदै बाहिरिएका छन्।
काठमाडौं जिल्ला अदालत, रवि र प्रभु बैंकबीचको छलफलपछि यस्तो निर्णय भएको हो । अब बैंकले ग्यारेन्टीको रकम रविबाट लिनेछ ।