साझेदारी गर्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कसैलाई घोचपेच या लक्षित गरेर आफूले राजनीतिक प्रतिवेदन नल्याएको स्पष्टीकरण दिएका छन् ।  पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनबारे स्पष्टीकरण दिँदै प्रचण्डले कसैलाई घोचपोच, काखापाखा र लक्षित गरेर नल्याएको बताएका हुन् ।

उनले बरु बैठक छिटो सकेर नतिजा निकाल्नका लागि फिल्डमा जानुपर्ने प्रचण्डले बताएको एक केन्द्रीय सदस्यले बताए ।  ‘कुनै प्रवृत्ति विशेषलाई घोचपेच गर्ने या कसैलाई नकारात्मक भाष्य बनाउनेतिर मेरो प्रस्ताव छैन’, प्रचण्डले भने, ‘सबैका विचार, भावना र चिन्ता समेटिने ढंगले, अहिले देशको वर्ष संघर्ष र आवश्यकतालाई केन्द्रमा राखेर फिल्डमा गएर संगठनलाई सुदृढ गर्ने उद्देश्यका साथ राखिएको छ ।’

यस्तै प्रचण्डले बैठकप्रति क्रान्तिकारीहरुका साथै प्रतिक्रियावादीहरुको पनि ध्यान केन्द्रित रहेको उल्लेख गर्दै क्रान्तिकारीहरुको बैठकमा प्रतिक्रियावादीहरुले फुट भन्ने चाहेको भएपनि त्यसप्रति पार्टी सचेत रहेको बताए ।  यस्तै वामशक्तिहरुले माओवादीको बैठकबाट ठुलो आसा राखेको पनि बताए । यद्यपि पार्टीभित्र गुटगत प्रवृत्ति रहेको उल्लेख गर्दै प्रचण्डले त्यसलाई चिर्दै अघि बढ्नु आजको आवश्यकता भएको बताए ।