साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे छानबिन गर्नको लागि संसदीय समिति बनाउन माग गरेका छन् ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसद खनालले यस्तो माग गरेका हुन् ।

उनले वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको बताउँदै नेपाली मुलका बेलायती नागरिक दीपक शर्माले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेको प्रसंग निकालेका छन् ।

‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको छ । नेपाली मुलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका छन्’ उनले भने, ‘यता नेपालमा अख्तियारले मुद्दा दायर गरेको र विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको छ ।’