साझेदारी गर्नुहोस्

नेपाली हाँस्य टेलिशृङ्खला भद्रगोल ले आफ्ना नियमित दर्शकहरूलाई निरन्तर मनोरञ्जन प्रदान गर्दै आएको छ। मिडिया हबको प्रस्तुति र द्रोण प्रसाद पौडेलको निर्देशनमा निर्माण हुँदै आएको यो शृङ्खलाको ४७३ औं भागमा कलाकार गोनु निगमको अभिनय रहेको निर्देशक द्रोण प्रसाद पौडेलले बताएका छन् । 

हरेक शुक्रबार साँझ ८:४० मा नेपाल टेलिभिजन र ९:३० बजे मिडिया हबको युट्युब च्यानलबाट प्रसारण हुने यो शृङ्खलामा निगमको अभिनय देख्न सकिने छ । निगम नेपाली कला क्षेत्रमा एक उदाउँदो कलाकार हुन् ।

निगम संगै भद्रगोलका कलाकारहरु बिजय देउजा , यादव देवकोटा , राजु भुजेल, आशा भुसाल , द्रोण प्रसाद पौडेल, बिनोद सुवेदी खत्री (क्षितिज) ,दिवाकर घिमिरे , कुल बहादुर ओलि,हेमराज अधिकारी ,जनक राम न्यौपाने ,यशु भट्टराई , वर्षा भण्डारा, रन्जना भुजेल र रबिना श्रेष्ठ तथा गोकुल दङ्गाल लगायतको अभिनय रहेको छ ।

यसो त भद्रगोल लाई सफल र लोकप्रिय बनाउने कार्यमा लेखक तथा निर्देशक द्रोण प्रसाद पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। पौडेलले यो शृङ्खलामा आफ्नो सशक्त लेखन र निर्देशन कौशल प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भएका छन्।

उनले भद्रगोल को २८७ औं भागदेखि ३८२ औं भागसम्म लेखन तथा निर्देशन सहयोगीको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि, ३८३ औं भागदेखि ४७३ औं भागसम्म शृङ्खलाको लेखन निर्देशन गर्दै, उनले कार्यक्रमलाई थप उचाइमा पुर्‍याएका छन् । पौडेलको निर्देशनले शृङ्खलामा वास्तविकता, हास्यव्यंग्य, र समाजका विविध पक्षलाई समेट्न सफल भएको छ।

पौडेलले नयाँ प्रतिभाको खोजीमा मात्र महत्त्वपूर्ण भूमिका खेलेका छैनन्, उनले समाजका फरक-फरक कथालाई पनि पर्दामा उजागर गरेका छन्। उनका कथा र निर्देशनमा समाजका परम्परागत, समसामयिक, र प्रगतिशील सोचलाई हाँस्य शैलीमा प्रस्तुत गर्न प्रयास गरिएको छ।

दर्शकहरूको अत्यधिक माया र प्रशंसा पाएका पौडेलको निर्देशनले भद्रगोल लाई हाँस्य शृङ्खलाको इतिहासमा विशेष स्थान दिलाउन सफल भएको छ। समाजको प्रतिबिम्ब प्रस्तुत गर्ने उनको यो योगदानले नेपाली टेलि शृङ्खलाको विकासमा थप आयाम थपेको छ।

नेपालमा हाँस्य विधालाई बलियो बनाउँदै आएको भद्रगोलले नयाँ प्रतिभाको खोजी मार्फत अझ धेरै दर्शकको मन जित्ने सफल भएको छ । यहि सिलसिलामा शृङ्खलाको ४७३ औं भागमा गोनु निगमको अभिनय देख्न सकिने छ ।

उसो त निगमको अभिनय रहेको यो शृङ्खला कस्तो रहला भन्ने कुरा हेर्न बाँकी नै छ। दर्शकहरूलाई समेत यो भाग नछुटाई हेर्नका लागि भद्रगोल टिमले अनुरोध गरेको छ।