साझेदारी गर्नुहोस्

काठमाडौं: नेकपा एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा सार्ने भएको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेर क्षति पुगेपछि एमालेले कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको हो ।

खोला किनारमै रहेको च्यासलस्थित कार्यालयमा यस वर्षको मनसुन अवधिमा चार पटकसम्म बाढी पसेको थियो ।

एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका- २ क्षेत्रको जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको छ ।