साझेदारी गर्नुहोस्

युरोपेली सङ्घ (इयू) ले युक्रेनलाई यस वर्षको अन्त्यसम्ममा ३५ अर्ब युरो नयाँ ऋण प्राप्त गर्ने तयारी गरेको युक्रेनफर्म समाचार एजेन्सीले इयूका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ ।

युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष मारोस सेफकोभिकले ईयू सदस्य राष्ट्र र युरोपेली संसदले ऋणका लागि आवश्यक विधायी प्रक्रियाहरूलाई चाँडै अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।

‘ईयू युक्रेन र यसका जनताका लागि आवश्यक हुँदासम्म आफ्नो समर्थनमा अडिग रहने सेफकोभिकले बताएका छन् ।

गत महिना युरोपेली सङ्घले घोषणा गरेको ऋणको उद्देश्य युक्रेनलाई रूससँग चलिरहेको द्वन्द्वको बीचमा तत्काल आर्थिक आवश्यकताहरू पूरा गर्न मद्दत गर्नु रहेको जनाइएको छ ।