साझेदारी गर्नुहोस्

काठमाडौँ, असोज १९ लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ती गौचनलाई कन्सल्ट्‌यान्ट कोचको रुपमा नियुक्त गरेको छ । हिल्टन काठमाडौंमा आज आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको हो। उक्त कार्यक्रममा क्रिकेटरहरु, खेलाडीहरु र पत्रकारहरु र खेल प्रेमीहरु उपस्थित थिए ।

यसबारे बोल्दै कोच गौचनले भन्नुभयो, “लुम्बिनी लायन्स क्लबमा कन्सल्ट्‌यान्ट कोचको रुपमा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु। यो क्लबले धेरै सम्भावना बोकेको छ। खेलाडीहरुसँग मिलेर राम्रोसँग प्रशिक्षाण गरेर हाम्रो उद्देश्यको निम्ती काम गर्ने चाहना छ । लुम्बिनी लायन्सले नेपाली क्रिकेटको गौरव र लगावलाई प्रतिनिधित्व गर्दछ। र यस यात्राको एक हिस्सा हुन पाउँदा म निकै खुशी छु।”

त्यसै गरी क्लबका चेयरम्यान इश्वर जिसिले भन्नुभयो, “शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौं। वहाँ धेरै युवा खेलाडीहरुको लागि प्रेरणाको श्रोत हुनुहुन्छ । फिल्ड भित्र र बाहिर वहाँले जुन हिसाबले क्रिकेटलाई बुझ्नुभएको छ। त्यो ज्ञानले पक्कै पनि हाम्रो टिमलाई नयाँ उचाइमा पुऱ्याउनेछ ।”

त्यसै गरी क्यानका सेक्रेटरी पारस खड्‌काले पनि भन्नुभयो, “शक्ती गौचनको नियुक्ति लुम्बिनी लायन्स र नेपाल क्रिकेटको लागि ठुलो उपलब्धी हो। वहाँको अनुभव र लगनशीलताले धेरै युवा खेलाडीहरुलाई प्रोत्साहन र हौसला मिल्नेछ ।”

https://www.facebook.com/share/7oYc5s5MQfhdDdpd/