साझेदारी गर्नुहोस्

विराटनगर: कोशी प्रदेशको राज्यमन्त्री सृजना राई चढेको गाडी रोकेर लुटपाटको प्रयास भएको छ ।

बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगर फर्कने क्रममा राति करिब १० बजेको मध्यरातमा ६ जनाको समूहले लुटपाटको प्रयास गरेको हो ।

उदयपुरको बेलका नगरपालिका- ८ स्थिति सिरवानी भन्‍ने स्थानमा मंगलबार राति राज्यमन्त्री चढेको प्रदेश १-०४-००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्न खोजका थिए ।

चालकले गाडी नरोकेपछि सो समूहले गाडीमा ढुंगा प्रहार गरेको   थियो । ढुंगाले लागे पनि गाडीमा क्षति पुगेको छैन ।

राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको जानकारी आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा स्थानीय आकाश राई, विशाल राई, थानवीर राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राई पक्राउ परेका हुन् ।

रातको समयमा पहिले पनि सो समूहले बाटो ढुकेर गाडी लुटपाटको प्रयास गर्ने देखिएको प्रहरीको दाबी छ ।

प्रहरीले उनीहरुको साथबाट मंगलबार राति प्रयोग भएको एउटा टर्चलाइट र हसिया पनि बरामद गरेको छ ।