साझेदारी गर्नुहोस्

पिक्सर एजुकेशनल कन्सल्टेन्सीले अध्ययनका लागि विदेशीने विद्यार्थीहरुलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको पिक्सर एजुकेशनल कन्सल्टेन्सीले प्लस टू लगायतका विभिन्न परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई लक्षित गरेर विशेष छुट प्रदान गर्ने सहितका विभिन्न योजना ल्याएको हो ।

कन्सल्टेन्सीले अष्ट्रेलिया, अमेरिका, युके, न्युजिल्याण्ड लगायत युरोपियन मुलुकहरुमा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श लगायतका सम्पूर्ण सेवाहरु प्रदान गर्दे आएको छ ।

अष्ट्रेलिया, अमेरिका, युके, न्युजिल्याण्ड लगायतका देशहरुमा शैक्षिक गुणस्तरमा अब्बल विभिन्न युनिभर्सिटी तथा कलेजहरुसँग सहकार्य गरेर विद्यार्थीहरुलार्ई गुणस्तरीय शैक्षिक परामर्श लगायतका सम्पूर्ण सुविधाहरु प्रदान गर्दे आएको पिक्सर एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रदीप खड्काले जानकारी दिए ।

विदेशका युनिभर्सिटी तथा कलेजहरु र उनीहरुको शैक्षिक प्रक्रियाका बारेमा संस्थाको वेभसाइट, फेसबुक पेज, इमेल, फोन नम्बर लगायतका माध्यमबाट थप जानकारी हासिल गर्न सकिने पिक्सर कन्सल्टेन्सीले बताएको छ ।

अध्ययनका लागि विदेशीने विद्यार्थीहरुको रोजाइमा पर्दे आएकोे पिक्सर एजुकेशनल कन्सल्टेन्सी, नयाँ बानेश्वरले दाबी गरेको छ ।