साझेदारी गर्नुहोस्

 बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मंगलबार ११४ अंकले बढेको शेयर बजार आज भने २६.०७ अंकले घटेको हो । आज नेप्से ०.९९ प्रतिशतले घटेर २५९७.४९ विन्दुमा आएको छ । 

आज ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर दिनभरमा कारोबार भएको छ । 

 ५४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

प्रि–ओपन सेसनमा ६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गएको थियो । तर केही बेरमै बजार घटेर लत गएको थियो । ९ पटकसम्म बजारले तल माथि गरेको थियो । दिनभरमा ३ पटक बाहेक नेप्सेमा हरियाली देख्न समेत पाइएन ।