साझेदारी गर्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टि २० अलराउन्डरको  विश्व वरियतामा ऐतिहासिक उपलब्धि हासिल गरेका छन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मार्दै दोस्रो स्थानमा पुगेका हुन् ।

विश्व वरियतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका छन् । दीपेन्द्र भन्दा अघि इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन मात्र छन् । यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए।

अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ । रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन हुने गर्दछ ।

टी–२० आई अलराउण्डरको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा र छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।