साझेदारी गर्नुहोस्

मंगलबार घटेको सुनको मूल्य आज फेरि बढेको छ । चाँदी पनि आज महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा पाँचसय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा आठसय रुपैयाँ बढेको हो ।

हिजो सुनको मूल्य तोलाको एक लाख ६० हजार रुपैयाँ थियो। आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौ सय ३५ पुगेको महासंघले जनाएको छ ।