साझेदारी गर्नुहोस्

बागमती र कोसीमा वर्षाको जोखिम कायमै, सबै संयन्त्रलाई ‘हाइअलर्ट’ रहन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले ‘हाइअलर्ट’मा रहन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहलाई गृहमन्त्री लेखकले बाढीपहिरोबाट हुनसक्ने जोखिम न्यूनीकरणको लागि निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोसी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका हुन्।