साझेदारी गर्नुहोस्

काठमाडौं: नेपालमा पहिलो पटक स्याउ मेला हुने भएको छ ।

किसान भेन्चरले असोज १७ (घटस्थापना) देखि स्याउ मेला गर्न लागेको हो ।

‘यो दशैं, स्याउसँग मनाऔं’, खुशी बाँडौं, स्वस्थ खानेकुरा खाऔं’ भन्ने नारासहित स्याउ मेला तीन दिनसम्म चल्नेछ । साथै, मेलामा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोट सहित विभिन्न जिल्लाबाट ल्याइएका ५० टन स्याउ प्रदर्शनमा राखिनेछ ।

‘प्रथम नेपाल एप्पल फेस्ट २०२४’ मेलामा गाला, फुजी, रेड डिलिसियस र गोल्डेन स्याउका एप्पल स्मुथ, एप्पल पानीपुरी, एप्पल लेमन मिन्ट, मनाङ एप्पल सलाद, एप्पल चिकेन विथ राइस, एप्पल पनिर विथ राइस, एप्पल पाई, एप्पल टार्ट, एप्पल आइसक्रिम, एप्पल केकलगायत ११ भन्दा बढी परिकारका स्वाद रहनेछ ।

प्रदर्शनीमा नेपालभरि उत्पादन हुने ३७ प्रजातीको स्याउ डिजिटल राख्ने किसान भेन्चरका सञ्चालक राजेश कार्कीले बताए ।

स्याउ मेला मनाङ होटल, ठमेल र उत्पला क्याफे, बौद्धमा हुनेछ ।