साझेदारी गर्नुहोस्

शुभ दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्थाले बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शुभ दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्थाले असोज १२ गते शनिबारका दिन १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

“उज्वल भविष्यको लागि सहकारी भावनालाई जगाऔं ” भन्ने नारालाई आत्मसात गर्दे संस्था अघि बढिरहेको जनाएको छ ।

एक भव्य समारोहबीच, कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेश सांसद धनेश्वरी प्रजापतिले बार्षिक साधारणसभा समुद्घाटन गरिन् ।

बार्षिक साधारणसभामा वोल्दै कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेश सांसद धनेश्वरी प्रजापतिले संस्थाले आगामी दिनमा अझ प्रगति गर्दै अघि बढ्ने विश्वास व्यक्त गरिन् । सांसद प्रजापतिले देशमा सहकारीहरुको महत्व रहको समेत बताइन् ।

साधारणसभामा बोल्दै मध्यपुर थिमी नगरपालिका- ६ का वडाध्यक्ष लगायत सहभागी अतिथि वक्ताहरुले आफ्ना शेयरधनी सदस्यहरुको सुझाव र मार्गनिर्देशनमा संस्थाले आफ्नो यात्रा अघि बढाउनुपर्नेमा जोड दिए । सहकारी मूल्य, मान्यता पालना गर्ने विषयमा संस्था निरन्तर लागिरहने विश्वास व्यक्त गरे ।

१७ औं बार्षिक साधारणसभामा पनि सहकारीले बाल बचतकर्ताहरुलाई शुभ दिव्यश्वरी बाल बचत उपहार प्रदान गरेको छ । संस्थाका जेष्ठ शेयरधनी सदस्य सम्मानित भएका छन् ।

भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ मा रहेको यो सहकारी संस्थाले सदस्य सेवामा विशेष जोड दिई संस्थाका क्रियाकलापहरु अघि बढाएको जनाएको छ । सहकारी मूल्य, मान्यता पालनामा निरन्तर प्रतिबद्ध रहेको समेत दाबी गरिएको छ ।

बार्षिक साधारणसभामार्फत् सहकारी संस्थाले विभिन्न आरोह, अवरोह पार गरेर सदस्यहरुको सहभागिता बढाउँदै आएको बताएको छ । १७ औं बार्षिक साधारणसभामा बोल्दै सहकारी संस्थाका पदाधिकारीले आफ्ना सदस्यहरु लक्षित सेवामा संस्था सधैं लागि परिरहने जानकारी दिए ।

शुभ दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णमान प्रजापतिले सहकारी संस्थाले सदस्यहरुको सक्रियता बढाउँदै आएको उल्लेख गरे ।

संस्थाका उपाध्यक्ष ईश्वर श्रेष्ठले सहकारीको प्रगति उत्साहजनक रहेको बताउनुभयो । सचिव मोहन मकै प्रजापतिले शेयरधनी सदस्यहरुको सल्लाह र सुझावलाई ध्यान दिएर संस्था अघि बढेको बताए । संस्थाका संचालक समिति सदस्य राजकाजी प्रजापतिले संस्थाको वित्तिय अवस्था मजबुद रहेको जानकारी दिए । लेखा तथा सुपरिवेक्षण समितिका संयोजक महेन्द्र प्रजापतिले सहकारीको शेयर पुँजी वृद्धि उत्साहजनक रहेको दाबी गरे ।

बार्षिक साधारणसभामार्फत् संस्थाले आगामी योजनाहरु सार्वजनिक गरेको छ । आगामी दिनमा पनि सदस्यहरुको सहभागिता र सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाले सदस्य संख्या विस्तार र गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो लक्ष्यमा कटिबद्ध रहने जानकारी दिएको छ ।