साझेदारी गर्नुहोस्

काठमाडौँ: अभिनेत्री पूजा शर्माले बाढी पीडितका लागि निःशुल्क खाना खुवाउने भएकी छन् ।

उनले ललितपुरको धोबीघाटमा रहेको आफ्नो ट्याग स्पोर्ट लन्च एन्ड बारमा आइतबार निःशुल्क खाना खुवाउने भएकी हुन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्टमार्फत निःशुल्क खानाको व्यवस्था गरेको जानकारी दिएकी छन् ।

निःशुल्क खाना आइतबार बिहान १० बजेदेखि १ बजेसम्म व्यवस्था गरिएको उनले जनाएकी छन् ।

पूजा अभिनित पछिल्लो फिल्म रावायण प्रदर्शनमा आएको थियो ।