साझेदारी गर्नुहोस्

लेबनानमा हवाई बमबारीका बीच न्युयोर्क पुगेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलाई चेतावनी दिएका छन्।

शुक्रबार संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै उनले भने, “इरानमा इजरायलको लामो हतियार पुग्न नसक्ने ठाउँ छैन। र, यो सम्पूर्ण मध्य पूर्वको लागि पनि सत्य हो।”

उनले यमनका हुथी विद्रोहीको आक्रमणको उल्लेख गर्दै गत अप्रिलमा इरानले इजरायलमा प्रत्यक्ष आक्रमण गरेको आरोप लगाए।