साझेदारी गर्नुहोस्

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधका ढोका खोलिएका छन्।

अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएरातिदेखि साइरनसहित ओभरफ्लो भइरहेको हो।

कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन बेँसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका बागमती नदी किनाराका बस्तीमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।