साझेदारी गर्नुहोस्

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रिय उप महासचीवमा कालिकोटका भीम प्रसाद आचार्यले उम्मेदवारी दिएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं सम्मेलनमा आचार्यले समग्र कर्णाली प्रदेशको भूगोलबाट प्रतिनिधित्व गर्दै आफ्नो उम्मेदवारी दिएका हुन् । यसो त उनि २०७३ सालको स्ववियु निर्वाचनमा तिला कर्णाली बहुमुखी क्याम्पसबाट निर्वाचित अध्यक्ष हुन् ।

लामो समय देखि विद्यार्थी राजनीतिमा सक्रिय आचार्य शैक्षिक आन्दोलनमा अग्रसर व्यक्तित्व हुन् । ग्रामीण परिवेशमा हुर्किएका उनी सर्वहारा वर्गको नेतृत्व गर्दै भुइँमान्छेका समस्याहरूमा सामेल हुने एक समाजसेवी पनि हुन् । श्रमजीवी किसान र विपन्न वर्गका विद्यार्थीको पक्षमा खुलेर बोल्ने उनी विकृति र विसंगतिका विरुद्धमा बोल्दा कयौंपटक प्रहरीको यातना गिरफ्तारीको सिकार बन्न पुगे ।

विशेष गरेर दुर दराजका वस्तिहरुमा रहेर विपन्न वर्गका विद्यार्थीहरुको पक्षमा आवाज उठाउदै आएका उनी अबको नेतृत्वले आर्थिक रुपमा पछि परेका र सामाजिक रुपमा बहिष्करणमा पारिएका दलित,महिला आदिवासी, जनजाति र सिमान्तकृत विद्यार्थीको आवाज बुलन्द गर्नुपर्ने बताउँछन् ।

विश्व परिवेशलाई मध्यनजर गर्दै विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्तिकारी परिवर्तन गरि नेपाली शैक्षिक संस्था र विद्यार्थीलाई विश्वसामु प्रतिस्पर्धा गर्न सक्षम बनाउनमा भूमिका खेल्न नेपालका सम्पूर्ण विद्यार्थी संगठनहरु सक्रिय हुनुपर्ने र त्यसमा पनि अखिल क्रान्तिकारी प्रमुख रुपमा लाग्नुपर्ने उनको भनाइ छ ।

विद्यार्थीको आर्थिक भौतिक र नैतिक तथा सामाजिक चेतनास्तरलाई बलियो बनाउनमा सक्रिय  भएर लाग्नको लागि आफूले उम्मेदवारी दर्ता गराएको उनको दाबी छ । यस्तै आजको यूग सुहाउँदो शैक्षिक पद्धतिको विकास गर्न विद्यार्थी नेतृत्व कुशल हुनुपर्नेमा उनको जोड छ । त्यसैले हरेक कुसंस्कार र प्रतिगामी तत्त्वहरु संग भिड्न निडर र साहसी विद्यार्थी नेताको खाचोँ भएको महसुस गर्दै आफू यी सम्पूर्ण कुरामा नेतृत्व गर्न योग्य भएको उनको दावी छ । जसका लागि आफ्नो उम्मेदवारी भएकाले सबैले सहयोग गरि निर्वाचित गराउन आचार्यको अपिल छ ।