साझेदारी गर्नुहोस्

हिजोदेखि लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएकाे छ ।

जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउन रोक्ने जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि परिरहेको झरीको रेड एलर्ट जोन चितवन परेको छ ।