साझेदारी गर्नुहोस्

काठमाडौं: जापानको नयाँ प्रधानमन्त्री शिगेरु इशिबा बन्ने भएका छन् ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को मुख्यालय, टोक्योमा शुक्रबार भएको मतदानमा इशिबा नयाँ नेता चुनिएका हुन् ।

एलडीपीको नेता चुनिएका पूर्व रक्षामन्त्री इशिबाले अर्को साता प्रधानमन्त्री फुमियो किशिदाको स्थान लिनेछन् । प्रधानमन्त्री किशिदा र मन्त्रीहरुले मंगलबार राजीनामा दिएका थिए ।

६७ वर्षीय इशिबाले २१५ मत पाउँदा उनका प्रतिस्पर्धी शानाइ ताकाचीले १९४ मत पाएकी थिइन् ।

यदि ताकाचीले जितेको भए उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने थिइन् । पहिलो चरणको प्रतिस्पर्धामा ४३ वर्षका शिन्जिरो कोइजुमी थिए, योे युद्धपछि जापानको इतिहासमा सबभन्दा कम उमेरको प्रधानमन्त्री बन्ने प्रयासमा थिए ।

कोइजुमीसहित ७ जना उम्मेदवार पहिलो चरणको मतदानबाट बाहिरिए भने दोस्रो चरणमा ताकाची बाहिरिए ।