साझेदारी गर्नुहोस्

शेयर बजारको हरियाली एक दिन पनि टिक्न सकेन । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१ अंकले घटेको हो ।

बिहिबार नेप्से १.३० प्रतिशतले घटेर २४८६.७६ विन्दुमा पुगेको छ । दिनभरमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर कारोबार भएको छ ।

आज ३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ६५ हजार २५८ पटक शेयर किनबेच भएको छ ।

बिहीबार १३ वटा समूहमध्ये २ समूहमा हरियाली देखिएको छ भने बाँकी ११ वटा समूह राताम्य भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.३० अंकले बढेर ६ हजार ६७५.९६ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह १.०१ प्रतिशतले बढेर ३ हजार ४८५.२१ विन्दुमा पुगेको छ ।