साझेदारी गर्नुहोस्

प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो ।

एक जना व्यक्तिसँग आर्थिक लेनदेन गरेको आरोपमा बुधबार उनलाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रमुख प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।
घटनाको अनुसन्धानका लागि ललितपुर परिसरका डीएसपी नरहरि अधिकारीको कमाण्डमा ५ सदस्यीय समिति बनाइएको छ।

यस्तै, आर्थिक लेनदेनमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । शाहीमाथि बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोप लागेपछि छानबिन थालिएको छ ।

हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै शाहीले युवतीसँग मिलेर ३० लाख पैसा लिएको पाइएको बताइएको छ ।