साझेदारी गर्नुहोस्

चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका छन् ।

१० दिनको भ्रमणमा चीन गएका रास्वपाका नेताहरु सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सम्भावना बढेको भन्दै बिहीबार स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएपछि रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले अरुलाई जोगाउन आफ्ना सभापतिलाई रवि लामिछानेलाई मात्रै टार्गेट गर्न खोजिएको दाबी गरे।

उनले कुनै पनि राजनीतिक प्रतिशोधको पार्टीले कडा रुपमा प्रतिकार गर्ने पनि बताएका छन् ।