साझेदारी गर्नुहोस्

नेपालमा विदेशी मुद्राको सञ्चिति २१ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै गत आर्थिक वर्षको असार मसान्तको तुलनामा २.५ प्रतिशतले वृद्धि भएर विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड पुगेको जनाएको हो ।

२०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१ साउन मसान्तमा २०९२ अर्ब २२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ साउन मसान्तमा २.० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको छ ।

 

 

 

 

 

 

 

 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८८३ अर्ब ४२ करोड पुगेको छ ।