साझेदारी गर्नुहोस्

पाँच दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ। गएको आइतबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ।

आज सुनको मूल्य तोलामा तीनसय रुपैयाँ बढेर एक लाख ६० हजार सातसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। हिजो सुनको मूल्य एकलाख ६० हजार चारसय रुपैयाँ थियो।